story

<www.instagram.com>(https://www.instagram.com/balenshah/?hl=en)बर्दिया,भदौ १०/ गुलरियामा चितुवाको आतंक बढेपछि स्थानीय त्रसित बनेका छन् । गुलरिया नगरपालिका–१ आसपास विगत केही...


बर्दिया,भदौ १०/ गुलरियामा चितुवाको आतंक बढेपछि स्थानीय त्रसित बनेका छन् । गुलरिया नगरपालिका–१ आसपास विगत केही दिनयता चितुवाले ताण्डव मच्चाएपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

  • बस्तीमा पसेर चितुवाले दिनहुँ पशु चौपायालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी घर बाहिर निस्किनसमेत डराईरहेका छन् । चितुवाले सोमबार राती गुलरिया नगरपालिका–१ गाउँ नंम्बर १६ का बुद्धि बहादुर डाँगीको घरबाट बाख्रा लागेर खाएको छ । मंगलबार बिहान उखुबारीमा खाएको अवस्थामा बाख्रा फेला परेको थियो ।

  • यस्तै गत साउन २९ गते गुलरिया नगरपालिका–१ स्थित चितुवाले आक्रमण गरी वडा नंम्बर ३ का रन्जित गोडियालाई घाईते बनाएको थियो । गोडियाको दायाँ पाखुरामा गहिरो चोट लागेको थियो । चितुवाको आक्रमण दिनहुँ हुन थालेपछि साना बालबच्चा जोगाउन मुस्किल भईसकेको स्थानीयले बताएका छन् ।


 


चितुवाको त्रासका कारण स्थानीयहरू राति राम्रोसँग सुत्नसमेत नसक्ने स्थानीय सर्वसाधारणको भनाई छ । स्थानीयका अनुसार साँझ हुने बित्तिकै सीमावर्ती भारतीय मुर्तिहा जंगलबाट चितुवा गाउँ प्रवेश गर्ने गरेको छ । गाउँमा प्रवेश गरेर घरपालुवा पशुचौपाया आक्रमण गर्ने चितुवाले मानविय क्षति गर्न सक्ने जोखिम बढेको छ । सम्बन्धित निकायले बस्तीमा पल्केको चितुवालाई तत्काल नियन्त्रणमा लिनपर्ने स्थानीयले माग गरेका छन् ।

Tags: